Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

नेशनल लाईफ इन्स्योरेन्सले गर्यो चमत्कार, यसरी बन्यो नेपालकै दोश्रो ठूलो जीवन बीमा कम्पनी

नेशनल लाईफ इन्स्योरेन्सले गर्यो चमत्कार, यसरी बन्यो नेपालकै दोश्रो ठूलो जीवन बीमा कम्पनी


  • 4.1K
    Shares

    नेशनल लाईफ इन्स्योरेन्सले गर्यो चमत्कार, यसरी बन्यो नेपालकै दोश्रो ठूलो जीवन बीमा कम्पनी
    images

    काठमाडौं ।  जीवन बीमा व्यवसायमा नेशनल लाईफ इन्स्योरेन्सले चमत्कारिक प्रगति हासिल गर्न सफल भएको छ। प्रथम बीमाशुल्कको आधारमा गत आर्थिक वर्षमा देशकै ठूलो कम्पनी मध्ये एक एलआईसी नेपाललाई उछिन्न सफल भई नेशनल लाईफ दोश्रो स्थानमा उक्लिएको हो।

    आर्थिक वर्ष २०७७र०७८ मा कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढी प्रथम बीमाशुल्क संकलन गर्न सफल भएको हो।

    कूल बीमाशुल्क १२ अर्ब १६ करोड सहित प्रथम बीमाशुल्क चार अर्ब भन्दा माथि पुर्‍याउन सफल भएको छ। नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको स्टाटस नै तलमाथि हुने गरी प्रगति गरेपछि कम्पनीमा उत्सवमय वातावरणको सिर्जना भएको छ र कम्पनीले थप प्रगति गर्नेमा कर्मचारी र अभिकर्ता वर्ग उत्साहित र विश्वस्त छन्।

    बीमा समितिका अनुसार एलआइसी नेपालको प्रथम बीमाशुल्क ३ अर्ब ५५ करोड आर्जन गरी तेश्रो स्थानमा रहेको छ भने युनियन लाईफको ३ अर्ब १९ करोड संकलन गरी चौथो स्थानमा रहेको छ।

    यस्तै नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा जम्मा नौ अर्ब २६ करोड ७४ लाख कूल बीमाशुल्क संकलन गरेकोमा गत आ।व।मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको हो।

    सबै वित्तिय सूचांकमा उल्लेख्य प्रगति गरेको कम्पनी अव नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ।

    नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ हो। सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बीमाशुल्क आम्दानी गरेको छ।

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १५:३४:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij