Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्र बैंकले सुरु गर्‍यो नयाँ नोट छपाइको प्रक्रिया : ४५ दिनभित्र आवेदन दिन सकिने, शुल्क कति ?

राष्ट्र बैंकले सुरु गर्‍यो नयाँ नोट छपाइको प्रक्रिया : ४५ दिनभित्र आवेदन दिन सकिने, शुल्क कति ?


  • 6.4K
    Shares

    राष्ट्र बैंकले सुरु गर्‍यो नयाँ नोट छपाइको प्रक्रिया : ४५ दिनभित्र आवेदन दिन सकिने, शुल्क कति ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाइको प्रक्रिया सुरु गरेको छ । जसअन्तर्गत नोटको डिजाइन, छपाइ र आपूर्ति समेत गर्न इच्छुक कम्पनीहरूलाई पूर्व छनौट प्रक्रियामा सहभागी हुन सूचना जारी गरेको हो । 

    बिहीबार प्रकाशित सूचना अनुसार इच्छुक कम्पनीले अबको ४५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । जसका लागि १५ हजार रुपैयाँ आवेदन शुल्क निर्धारण गरिएको छ । 

    विदेशी संस्थाहरूले आवेदन दिने हो भने अमेरिकी डलर १३०, युरो ११०, पउण्ड स्टर्लिङ १०० तिरेर आवेदन दिन सक्नेछन् । इच्छुक कम्पनीहरुले ५ सेप्टेम्बर २०२१ को मध्यानसम्ममा आवेदन दिइसक्नुपर्ने छ भने सोही दिन १ बजे त्यो आवेदन पत्रहरू खोलिने राष्ट्र बैंकले जनाएको छ । 

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १४:२५:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij